
स्थानीय भाषा नबुझ्दा मुस्ताङमा प्रहरीलाई काम गर्न कठिनाइ
मुस्ताङ- भौगोलिक विकटता, प्रतिकूल मौसम र स्थानीय भाषाको ज्ञान अभावका कारण मुस्ताङमा कार्यरत प्रहरी सुरक्षाकर्मीले समुदायसँग काम गर्न विभिन्न समस्या झेल्नुपरेको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी इकाईमध्ये १० वटाको आफ्नै भवन छैन। ती इकाईहरू हाल व्यक्तिका घर, विद्यालय, आमा समूह र विभिन्न सङ्घसंस्थाका भवनमा आश्रित छन्। पुराना कच्ची भवन, सीमित सवारीसाधन र पर्याप्त पूर्वाधार नहुँदा प्रहरीको दैनिकी कष्टकर बनेको छ।
दुरदराजका प्रहरी चौकीमा दुईपाङ्ग्रे सवारी मात्र उपलब्ध हुँदा आवतजावत जोखिमपूर्ण बनेको छ भने कतिपय स्थानमा मोटरसाइकलसमेत नहुँदा सुरक्षाकर्मी घण्टौँ पैदल हिँड्न बाध्य छन्। जाडोयाममा पर्याप्त न्यानो सामग्री र सीमित राशनका कारण जीवनयापनमै समस्या देखिएको छ।
हिउँदमा स्थानीयवासी बेँसी झर्दा रित्तो बस्तीको सुरक्षा गर्नु पर्ने बाध्यता पनि प्रहरीका लागि थप चुनौती बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।



कागजपत्र |
