
बालेनसहित यी २६ बने रास्वपाका केन्द्रीय सदस्य
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं महानगरपालिकाका मेयर तथा पार्टीबाट आगामी प्रतिनिधिसभा चुनावपछि प्रधानमन्त्रीका उम्मेदवार घोषित बालेन्द्र शाहसित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।
आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘यस बैठकले काठमाडौंका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रुपमा अनुमोदन गरेको छ,’ झाले भने ।
त्यसरी केन्द्रीय सदस्य बनेकाहरूले सभापति रवि लामिछानेसमक्ष शपथग्रहण गरेका छन् ।
– बालेन्द्र शाह वरिष्ठ नेता
– सुनिल लम्साल
– भुपदेव शाह
– सस्मित पोखरेल
– सागर ढकाल
– लक्ष्मण थारु
– रमेश पौडेल
– खगेन्द्र सुनार
– गणेश पौडेल
– सन्तोष गिरी
– नमिता यादव
– सरिता ज्ञवाली
– जेम्स कार्की
– सुशान्त वैद्य
– लक्ष्मी बर्देवा
– शिव यादव
– रोहन कार्की
– अनन्तराज घिमिरे
– रामकुमार ढुंगाना
– प्रदीप ज्ञवाली
– मधुसुधन ढकाल
– ओजश्वी थापा
– केपी खनाल
– आदित्य आचार्य
– प्रदीप पाण्डे
– खेमराज साउद



कागजपत्र |
