
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव पारित गरेको थियो। तर उक्त निर्णयलाई लिएर पार्टीभित्र मतभेद कायमै देखिएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ का लागि तय गरिएको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेकाले विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडान लिँदै आएका छन्। उनीहरूको पक्षमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै यसअघि नै केन्द्रीय कार्यालयमा औपचारिक निवेदन दर्ता गराइसकेका छन्।



कागजपत्र |
