

भरतपुरको लंकुमा म्याजिक दुर्घटना, २ को मृत्यु ८ घाइते

भरतपुर – चितवनको भरतपुरमा एक गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
भरतपुरबाट शारदानगर जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक आइतबार बिहान कल्भर्टबाट खाल्डोमा खस्दा अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइते भएका ८ जनामध्ये तीन जनाको अवस्था गम्भीर छ।
लमजुङको दोर्जि गाउँपालिका–३ वस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका–२ बस्ने १९ वर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
त्यस्तै, म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापाको दुबै खुट्टा भाँचिएर चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भरतपुर–६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने ४८ वर्षीया कुमारी बिक, भरतपुर–१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
भरतपुर–१९ रामपुर बस्ने २४ वर्षीय अनुप लामाको रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

