
आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्ने प्रसाईंकाे चेतावनी
काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग आइतबारसम्म सम्झौता नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्म समय मागेको बताए।
उनले भने, “प्रधानमन्त्रीले आइतबारसम्म सम्झौता गर्ने र सोमबारको मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ। तर सरकार गम्भीर भएन र सम्झौता भएन भने हामी आन्दोलनमा उत्रन्छौं।”
प्रसाईंले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट हटाउने, र आगामी २१ फागुनको निर्वाचन बिथोल्नेसमेत तयारी रहेको चेतावनी दिएका छन्।



कागजपत्र |
