
प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईँ नेतृत्वको टोलीबीच भेटवार्ता
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानको टोलीबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्कीले राजावादी अभियन्ता दुर्गा प्रसाईँ नेतृत्वको टोलीसँग भेटवार्ता गरेकी हुन्।
प्रधानमन्त्रीसँग भएको भेटमा अभियानका नेता दुर्गा प्रसाईँसहित अन्य नेताहरू सहभागी छन्। भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेलको पनि उपस्थिति रहेको छ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रसाईँ समूहले अघि सारेका विभिन्न मागबारे छलफल गर्न भेटवार्ता भइरहेको हो। भेटमा नागरिक बचाउ अभियानका एजेन्डा, पछिल्लो राजनीतिक परिस्थिति तथा आन्दोलनसँग सम्बन्धित विषयमा कुराकानी केन्द्रित रहेको बताइएको छ।
भेटवार्ताको निष्कर्ष र थप निर्णयबारे भने औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।



कागजपत्र |
