
छानबिन समिति गठन गर्ने ५ बुँदे सहमति, मृतकको शव बुझ्ने
सुनसरी — सुनसरीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय युवक विजय साहको मृत्युको घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएको छ ।
गोली प्रहारबाट स्थानीय युवक साहको मृत्यु भएपछि बिहीबार उत्पन्न तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालयमा बसेकाे सरोकारवाला बीचकाे बैठकमा घटनाबारे सत्यतथ्य छानबिन गर्ने र पीडित परिवारलाई न्याय दिलाउने विषयमा पाँच बुँदे सहमति भएकाे छ। सहमतिसँगै प्रदर्शनरत पक्षले मृतकको शव बुझ्ने भएका छन् ।
सहमति अनुसार सशस्त्र प्रहरीको गोली प्रहारबाछ साहको मृत्यु भएको घटना छानबिन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिने भएको छ।
छानबिन समितिमा नेपाल प्रहरीको काेशी प्रदेश कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहनेछन्। समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ।



कागजपत्र |
