
बयान दिन पूर्व गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा
काठमाडौं- नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे बयान दिन सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्।
भदौ २३ र २४ गते जेनजी आन्दोलन भएका बेला गृहमन्त्री रहेका लेखकसँग घटनाका विषयमा छानबिन गरिरहेको जाँचबुझ आयोग, २०८२ ले बयान लिन लागेको हो। आयोगको कार्यालयमा पुगेर उनले आयोगसमक्ष बयान दिन सुरु गरेका छन्।
उक्त जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन प्रक्रिया अघि बढाइएको छ। आयोगले जेनजी आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षा व्यवस्था, सरकारी निर्णय र त्यसको प्रभावबारे तथ्य संकलन तथा मूल्याङ्कन गरिरहेको बताइएको छ।
आयोगका अनुसार घटनासँग सम्बन्धित तत्कालीन जिम्मेवार पदाधिकारीहरूको बयान सङ्कलन गरिने क्रमअन्तर्गत पूर्व गृहमन्त्री लेखकलाई बोलाइएको हो।



कागजपत्र |
