
जन सम्पर्क समिति साउदीको अधिवेशन सम्पन्न
कांग्रेसलाई समेत सहमतिमा अधिवेशन गर्न सन्देश
रियाद – नेपाली काँग्रेसको भातृ संगठन जन सम्पर्क समिति साउदी अरबको तेस्रो अधिवेशन निर्विरोध चयन गर्दै शुक्रबार रियादमा सम्पन्न भएको छ ।
अधिवेशन निर्विरोध सम्पन्न गर्दै वक्ताहरुले नेपाली काँग्रेसको आसन्न १५ औँ अधिवेशनमा यसलाई सन्देशको रुपमा लिएर महाधिवेशन आपसि समझदारीमा समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा जनसम्पर्क समन्वय विभागका संयोजक किरणराज शर्मा पौडेलले नेपालमा पछिल्लो पटक भएको जेनजी आन्दोलनले दलहरुलाई सच्चिन सन्देश दिएको उल्लेख गर्दै काँग्रेसले अहिलेको भ्याकेन्ट स्थितिको एकमात्र निकास निर्वाचन भएको बताए । पौडेलले काँग्रेस निर्वाचनमा सहभागि हुन इमान्दारीपुर्वक लागेको दावि गरेका थिए ।
योग्य र क्षमतावान नेपालीहरु प्रवासमा रहेको चर्चा गर्दै उनले प्रवासमा रहेका नेपालीहरु समेतको सहयोग र सहभागितामा पर्यटन मार्फत् नेपालको विकास गर्न सम्भव रहेको धारणा व्यक्त गरे ।
शुक्रबार रियादमा आयोजित तेस्रो अधिवेशनले निवर्तमान सभापति अर्जुन बहादुर थापाको सभापतित्वमा २५ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपसभापतिमा शुरेसराज त्रिपाठी, उपसभापतिमा पदम प्रसाद पाण्डे, नरेश सापकोटा र गोपाल पंगेनी निर्वाचिन भएका छन् ।
त्यस्तै अधिवेशनले अरुण वेल्वासे र मोहन अधिकारीलाई महामन्त्रीमा निर्वाचित गरेको छ । समितिको सह महामन्त्रिमा भिम वि.क., खेमराज भट्ट निर्वाचित भएका छन्छ।
त्यस्तै सदस्यहरुमा पाराशोर काफ्ले, रामचन्द्र राउत, लक्ष्मी लोप्चन तामाङ्ग, रामशरण थाप, अनिल रेग्मि, राजेन्द्र कार्की, सुरज रेग्मि, संजोग पाण्डे, आयान बस्नेत, पुर्ण प्रसाद रिजाल, प्रकाश बहादुर ढाँट, भरत बहादुर बोहोरा, तेज प्रसाद अधिकारी, इब्राहिम शर्मा, गणेश भाट इब्राहिम, गोपाल आचार्य, सन्तोष परियार निर्वाचित भएका छन् ।
अधिवेशनमा शुभकामना व्यक्त गर्दै रियाद स्थित नेपाली दुतावासका श्रम कन्सुलर कविराज उप्रेति, नेपाली काँग्रेसको जनसम्पर्क समन्ववय विभागका सदस्य तथा महासमिति सदस्य पुरुषोक्तम खनाल लगायतले प्रवासमा रहेका श्रमिकहरुका समस्याका विषयमा जनसम्पर्क समितिले सकृयतापुर्वक सहयोगीको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।
सोहि अधिवेशन मार्फत् साउदी अरबमा कार्यरत २२ युवाहरु नेपाली काँग्रेसमा प्रवेश समेत गरेका छन् ।



कागजपत्र |
