ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री


काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

मन्त्री खरेल भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक अवस्था र फागुन २१ गते तोकिएको निर्वाचनका सन्दर्भमा विस्तृत छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीचको वार्ताका लागि ओलीलाई औपचारिक निम्तोसमेत दिएका छन्।

यसअघि आजै मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए।

सचिवालयका अनुसार ओलीसँगको भेटपछि खरेलको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया