
जेनजी समूहले पद छोड्न दबाब दिइरहेका छन् : प्रधानमन्त्री कार्की
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आफूहरूलाई जेनजी समूहले पद छोड्न दबाब दिएको बताएकी छन्। बिहीबार आयोजित बाह्रखरी कथा प्रतियोगिता का विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा उनले राजनीतिक दल र जेन-जी समूह दुवैले दिनदिनै सरकार छोड्न दबाब र गालीगलौज गर्ने गरेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले सबैतिरबाट गाली आएको भन्दै दिग्दारी व्यक्त गर्दै आफूहरूका बारेमा पनि कथा लेख्न सुझाइन्। उनले आफूहरू जस्तो परिस्थितिमा रहेको बताउँदै कतै जाँदा पनि सुख नहुने अवस्था भएको उल्लेख गरिन्।
उनले भनिन्, “हामी अचानो जस्तो पो रहेछौँ। राजनीतिक दलले गाली गर्छ, मारले गाली गर्छ। अहिले छोड्, भोलि छोड् भन्छन्। जेनजीले पनि आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्छन्। छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट ‘थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई’ भन्ने भाष्य आउँछ। हामी त पेन्डुलम जस्तो भयौँ। त्यही पनि सकस गरेर, मेहनत गरेर, धैर्य धारण गरेर काम गर्दैछौँ।”
प्रधानमन्त्री कार्कीले निर्वाचन आवश्यक नहुने भन्ने विचारका पनि आलोचना भइरहेको बताए। उनले भनिन्, “२५–३० वटा जेन-जी समूह हुनुहुन्छ। एउटाले एउटा काम, अर्कोले अर्को काम गर्न भन्छ। हामी मुलुक बंगलादेश नहोस् भन्ने सुरमा छौँ।”



कागजपत्र |
