
रवि–बालेनसँगकाे भेटपछि के भन्छन् सुनिल शर्मा ?
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतसँग भएको भेटमा संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको नेपाली कांग्रेसका नेता सुनिल शर्माले बताएका छन्।
आज भएको भेटपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेता शर्माले संसद् पुनर्स्थापनासम्बन्धी विषयमा छलफल भएको जानकारी दिएका हुन्।
उनले आफू पार्टी छोड्ने विषयमा कुनै चर्चा नरहेको स्पष्ट पारे। शर्माले भने, “म १० वर्षपछि कांग्रेसको सभापति बनेको हुँ। पार्टी छोड्ने प्रश्नै हुँदैन। आज संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको हो।”



कागजपत्र |
