
त्रिविको ५१औँ दीक्षान्त समारोह भोली, पार्किङ कहाँ ? कसले कुन सेक्सनमा सम्पर्क गर्ने ?
काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते बिहीबार काठमाडौँको दशरथ रङ्गशालामा आयोजना हुँदैछ ।
बिहान ९ः३० बजेदेखि बेलुका ४ः०० बजेसम्म सञ्चालन हुने यस बृहत् कार्यक्रमका कारण त्रिपुरेश्वर र आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।
समारोहमा हजारौँ विद्यार्थी र अभिभावकको उपस्थिति रहने भएकाले त्रिपुरेश्वर, सुन्धारा, टेकु र थापाथली क्षेत्रमा अत्यधिक सवारी चाप हुन सक्ने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दीक्षान्त समारोहका अवधिभर आवश्यक ट्राफिक व्यवस्थापनका लागि सवारीको चाप हेरेर विभिन्न स्थानमा डाइभर्सन गर्ने तयारी गरेको छ। ट्राफिक प्रहरीले त्रिपुरेश्वर सडक खण्ड भएर यात्रा गर्ने चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न विशेष अनुरोध गरेको छ ।
साथै त्रिविले प्रमाणपत्र लिनका लागि विभिन्न स्थान तोकेको छ । त्यसका लागि सम्बन्धित संकाय र तहका विद्यार्थीहरूले सोही स्थानमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
पार्किङ स्थलहरूः
–भीभीआईपी र भीभीआईपीका लागिः दशरथ रङ्गशालाको मूल गेट छेउमा ।
–त्रिविका अफिसियलका लागिः राष्ट्रिय खेलकुद परिषद्को पार्किङ स्थल ।
–दुई पाङ्ग्रे र चार पाङ्ग्रेका लागिः परराष्ट्र मन्त्रालय कन्सुलर शाखा र टुँडिखेल ।
–दुई पाङ्ग्रेका लागि मात्रः वर्ल्ड ट्रेड सेन्टर र आर्मी हेडक्वार्टर अगाडिको क्षेत्र ।




कागजपत्र |
