
नख्खु कारागारबाट फरार भएर ठमेलमा युवकको हत्या, रोल्पाबाट समातिए
काठमाडौं- ललितपुरको नख्खु कारागारबाट फरार भएका आकाश मगर नामक कैदीले ठमेलमा एक युवकको हत्या गरेको प्रकरणमा प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतका अनुसार फरार कैदी मगरलाई रोल्पाबाट पक्राउ गरी अहिले काठमाडौं ल्याइएको छ।
घटना १३ असोजमा भएको थियो। मकवानपुर घर भएका २५ वर्षीय सुरज तामाङलाई मगरले खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। घाइते तामाङलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार हत्या पूरानो रिसईबीका कारण भएको हुनसक्छ। आकाश मगर लुटपाट र डकैतीको मुद्दामा कारागार चलान थिए र २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागार तोडफोड गरी भागेका थिए।
घटनास्थल वरिपरि रहेका सीसीटीभी फुटेज, प्राविधिक जाँच र म्यानुअल अनुसन्धानबाट मगरको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ।



कागजपत्र |
