बालेनसँग प्रधानमन्त्री बनाउने प्रस्तावबारे छलफल भएको छैन : रवि लामिछाने


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको भेट राजनीतिक छलफलको प्रारम्भिक चरण मात्र भएको र प्रधानमन्त्री बनाउने प्रस्तावको विषयमा कुनै सहमति भएको छैन स्पष्ट पारेका छन्।

सोमबार काठमाडौंमा भएको भेटमा लामिछाने र बालेनबीच एक अर्कालाई बुझ्ने र परिस्थितिबारे जानकारी आदान–प्रदान गर्ने विषयमा केन्द्रित छलफल भएको उनले बताए। उनले पत्रकारहरूसँगको संवादमा भने, “हामी त्यस चरणमा प्रवेश गरेका छैनौँ। पहिले त थाहा पाउनुपर्छ, कुराकानी हुनुपर्छ। के कस्तो छ भन्ने बुझ्नुपर्छ। यो चरणमै छौं, हतार नगर्नुहोस्।”

लामिछानेले बालेनसँग मात्रै नभई अन्य नयाँ राजनीतिक शक्तिहरूसँग पनि संवाद गर्ने आफ्नो नीतिलाई अघि बढाइरहेको बताए। “सुधन गुरुङजीसँग कुराकानी भएको छ, अब कुलमानजीसँग पनि गर्छौँ। हामी सबैसँग संवाद गरेर एक ठाउँमा आउन प्रयास गर्दैछौँ,” उनले भने।

 

प्रतिक्रिया