सुदन गुरुङले किन सार्वजनिक गरे गृहमन्त्रीको मोबाइल नम्बर ?


काठमाडौं-  जेनजी आन्दोलनका अभियन्ता  सुदन गुरुङले सरकारसँग सम्झौता भइसकेको भए पनि प्रहरीले जेनजी आन्दोलनमा सहभागीहरूमाथि मुद्दा चलाउने क्रम नरोकिएको आरोप लगाएका छन्। यसप्रति असन्तुष्टि जनाउँदै उनले गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरेका छन्।

गुरुङले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको आधारमा पक्राउ परेका तर अझै रिहा हुन नसकेकाका परिवारले सिधै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल तथा सचिव धिरज जोशीलाई सम्पर्क गर्न आग्रह गर्दै उनीहरूको मोबाइल नम्बर सार्वजनिक गरेका हुन्।

सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइसकेको र सो निर्णय राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै गुरुङले सम्झौताअनुसार प्रदर्शनमा सहभागी भएकै आधारमा फौजदारी मुद्दा नचलाउने स्पष्ट व्यवस्था रहेको बताए।

 

प्रतिक्रिया