एक सय रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडाैं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ५८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

शुक्रबार सुन प्रतितोला दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा चार हजार पाँच रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार एक सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया