
रवि-छविको मुद्दामा सुनुवाइ सकियो
बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा बिहीबार सुनुवाइ सकिएको छ। सुनुवाइ न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा सम्पन्न भएको हो।
यसअघि पेसी चढेर पनि पटक–पटक स्थगित हुँदै आएको मुद्दा आज सुनुवाइका लागि अघि बढेको थियो। लामिछाने र जोशी सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।
लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।



कागजपत्र |
