
एमाले महाधिवेशन: पोखरेल प्यानलबाट दुई पदाधिकारी निर्वाचित
काठमाडौं– नेकपा (एमाले) को महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट ईश्वर पोखरेल प्यानलका दुई जना पदाधिकारी विजयी भएका छन्। उपाध्यक्ष पदमा गोकर्णराज विष्ट र उपमहासचिव पदमा योगेश भट्टराई निर्वाचित भएका हुन्।
निर्वाचन आयोगका अनुसार उपाध्यक्ष पदमा गोकर्णराज विष्टले १ हजार ३६८ मत प्राप्त गर्दै विजयी भएका छन्। त्यस्तै, उपमहासचिव पदमा योगेश भट्टराईले १ हजार ३४८ मत ल्याएर सफलता हात पारेका छन्।



कागजपत्र |
