
भृकुटीमण्डपबाट चित्त दुखाएर फर्किए प्रदीप ज्ञवाली
काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदका लागि मात्रै उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षको सूचीमा नाम समावेश गरिए पनि ज्ञवालीले महासचिव बाहेक अन्य कुनै पदमा आफ्नो इच्छा नरहेको स्पष्ट पारेका छन् ।
स्रोतका अनुसार आइतबार साँझ भक्तपुरको गुण्डुमा भएको आन्तरिक छलफलमा पनि ज्ञवालीले आफू महासचिव बाहेक अन्य पदमा उम्मेदवारी नदिने अडान दोहोर्याएका थिए । तर प्यानल निर्माणको क्रममा उनलाई उपाध्यक्षको सूचीमा राखिएको थियो, जसमा उनले सहमति जनाएनन् ।
आज बिहान भृकुटीमण्डपस्थित बन्दसत्र हलबाट बाहिरिएका ज्ञवाली केही समयपछि पुनः मनोनयन प्रक्रियाका लागि पुगेका थिए । तर त्यहाँबाट उनी चित्त दुखाएर फर्किएको उनीनिकट स्रोतले जनाएको छ । उनले पार्टीभित्र एउटै व्यक्तिलाई पटक–पटक दोहोर्याइराख्ने प्रवृत्ति उचित नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।



कागजपत्र |
