
अनिल सिन्हाको नेतृत्वमा राजनीतिक दलहरूसँग वार्ताका लागि समिति गठन
काठमाडौं- सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग संवाद बढाउन उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हालाई संयोजक बनाएर समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।



कागजपत्र |
