काठमाडौंले लुम्बिनीलाई दियो १११ रनको सहज लक्ष्य


काठमाडौं-  नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ सुरुमै धर्माराउदा १११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले सुरुवातदेखि नै लय बिगारेर १९ ओभरमा ११० रन बनाउँदै सबै विकेट गुमाएको हो ।

यो जारी सिजनकै सबैभन्दा कमजोर लक्ष्य हो । यसअघि लिग चरणको २७ औं खेलमा चितवन राइनोजले पोखराविरुद्ध १२० रनको लक्ष्य दिएको थियो ।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित विराटनगर किङ्ससँग खेल्नेछ । दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया