
काठमाडौं गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश
काठमाडौं – एनपीएल-२ अन्तर्गत काठमाडौं गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि बिहीबार लुम्बिनीले विराटनगर किङ्गससँग खेल्नेछ ।
इलिमिनेटरमा खेलमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंसँग टस हारेर ११२ रनको सामान्य लक्ष्य पछ्याउँदै लुम्बिनी जवाफी ब्याटिङमा उत्रिएको थियो ।
काठमाडौंले दिएको लक्ष्य लुम्बिनी लायन्सले १७ ओभर ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । लुम्बिनीले ठीक ११२ रन बनायो ।



कागजपत्र |
