प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाको नाम रोल्पाबाट सिफारिस


काठमाडौं- आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले रोल्पाबाट महामन्त्री गगन थापाको नाम प्रत्यक्षतर्फको उम्मेदवारको रूपमा सिफारिस गरेको छ।

कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले महामन्त्री थापासहित अन्य चार जनाको नाम पनि प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार रोल्पाबाट सिफारिस भएका अन्य उम्मेदवारमा प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओली रहेका छन्।

 

प्रतिक्रिया