काभ्रेबाट केन्द्रीय सदस्य लामा उम्मेदवारका लागि सिफारिस


काभ्रे – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामा उम्मेदवारका लागि सिफारिस भएका छन् ।

आसन्न निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न जिल्लाहरुबाट उम्मेदवार सिफारिस हुने क्रम भइरहेको छ ।

सोही अनुसार कांग्रेस काभ्रेले पनि प्रतिनिधिसभाका लागि उम्मेदवारको सिफारिस गरेको हो । सो क्रममा केन्द्रीय सदस्य लामा सिफारिस भएका हुन् ।

प्रतिक्रिया