जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम प्रशासन कार्यालयमा राख्न गृहको पत्र


काठमाडौं-  २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो।

उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरू ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट आइतबार मात्रै उक्त निर्णय भएको हो।

Skip to PDF content

प्रतिक्रिया