
नेप्सेको ओरालो यात्रा कायमै
काठमाडौं- अघिल्लो साताभर घटेको नेप्से यो साता लगातार दोस्रो दिन पनि ओरालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबार २१.४८ अंकले घटेको नेप्से सोमबार ३.०२ अंकले घट्यो। सोमबार ०.११ प्रतिशतले घटेको नेप्से २६०६.६७ विन्दुमा अडियो।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १.५० अंकले घटेर ४४६.७५ विन्दुमा रोकिएको छ। आज ३३१ कम्पनीको ८३ हजार २७३ पटकको कारोबारमा एक करोड एक लाख ४६ हजार ४०० कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँको कारोबार भयो। जसमा आइतबार पाँच अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ रुपैयाँबराबरको कारोबार भएको थियो।



कागजपत्र |
