न्युरो सर्जन डा. वाईबी रोका राष्ट्रपति भण्डारीबाट विभुषित


काठमाडौं– प्रदेश १ राजधानी बिराटनगरमा रहेर लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका न्युरो सर्जन डा. यामबहादुर (वाईबी) रोका शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित भएका छन्।

राष्ट्रपति भण्डारीले उनलाई सुप्रबल जनसेवाश्री पदकबाट विभुषित गरेकी हुन्। शितलनिवासमा आयोजित समारोहमा स्वास्थ्य क्षेत्रमा गरेको योगदानका आधारमा डा. रोकालाई सम्मान गरिएको हो।

स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका उनी कवि पनि हुन्। उनका दुई कविता संग्रह प्रकाशित भइसकेका छन्। उनी न्युरो कार्डियो एन्ड मल्टि स्पेशियालिटी हस्पिटल विराटनगरमा कार्यरत छन्।

प्रतिक्रिया