
कुखुरा मासु फेरि महँगियो
काठमाडौं- दुई साताभित्रै दोस्रो पटक कुखुरा मासुको मूल्य फेरि बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार नयाँ मूल्य आज (सोमबार)देखि लागू भएको हो।
संघका अध्यक्ष जंगबहादुर बीसीले जिउँदो कुखुराको मूल्य किलोमा १० रुपैयाँले बढेको जानकारी दिए। मूल्य वृद्धि पछिल्लो संशोधनसँगै जिउँदो कुखुरा प्रतिकिलो २४० रुपैयाँ पुगेको छ। यसअघि उक्त मूल्य प्रतिकिलो २३० रुपैयाँ थियो।
त्यस्तै तयारी कुखुरा मासुको मूल्य पनि वृद्धि भएको छ। अध्यक्ष बीसीका अनुसार तयारी मासु प्रतिकिलो ३३० रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ३२० रुपैयाँ थियो।
र जाडो बढ्दै जाँदा कुखुरा उत्पादन घट्ने भएकाले बजारमा आपूर्ति कमी हुने र त्यसले मूल्य बढ्ने अवस्था बनेको बताइएकाे छ।



कागजपत्र |
