
साताको पहिलो कारोबार दिनमै २७ अंकले घट्यो नेप्से
काठमाडौं- साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.६७ अंकले घटेर ४५६.९८ विन्दुमा अडिएको छ।
यसदिन ३४२ वटा स्क्रिप्सको १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार ४३३ रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अंकले घटेको बजारमा पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिष्टिलरी,निफ्रा ग्रीन इनर्जी डेवेन्चर ६ प्रतिशत,स्वस्तिक लघुवित्त वित्तीय संस्था,झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबार रकमका आधारमा हिमायन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। जोशी हाइड्रोपावर डेभलपमेन्ट,ग्रीन भेन्चर्स,एनरआए इन्फ्रास्टक्चर डेभलपमेन्टले २१/२१ करोड बराबरको सेयर कारोबार गरे। नेपाल लाइफ इन्स्योरेन्सको भने १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ४५ वटा स्टक्सको मूल्य बढ्दा २११ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो। १० वटा समूहको उपसूचक घट्दा २ वटाको मात्रै बढ्यो।



कागजपत्र |
