कर्णालीले टस जितेर काडमान्डुविरुद्ध ब्याटिङ गर्दै


काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टी-२० क्रिकेटको १९ औँ खेलमा अहिले कर्णाली याक्स र काडमान्डु गोर्खाजबीच भिडन्त हुँदैछ । खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।

यो खेलमा जित हासिल गर्दा काडमान्डुको प्लेअफ सम्भावना बलियो हुनेछ भने पराजित हुँदा चुनौती बढ्नेछ । कर्णाली भने प्लेअफ सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा छ ।

अघिल्लो खेलमा चितवन राइनोजलाई पराजित गरेको टोलीबाट काठमान्डुले टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । दीपेश कँडेलको स्थानमा भीम सार्कीलाई ल्याएको छ ।

प्रतिक्रिया