
नेकपा र जसपाबीच एकता घोषणा, यस्तो छ १० बुँदे सहमति (सहमतिपत्रसहित)
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी र जसपाबीच बिहीबार एकता घोषणा भएको छ ।
राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबीच १० बुँदे सहमतिसहित एकता घोषणा गरिएको हो
सो अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
१० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ।
यसैगरी विगतका सबल र दुर्वल पक्षहरूको समीक्षा गर्दै अब बन्ने एकीकृत पार्टीले ’नेपाली विशेषताको समाजवाद’ लाई आफ्नो मूल कार्यक्रमको रूपमा अङ्गीकार गर्ने निर्णय गरिएको छ। पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको रणनीतिक लक्ष्य पूरा गर्न सडक, सदन र सरकार तीन वटै मोर्चाबाट सङ्घर्ष गर्ने प्रतिबद्धता नेताहरूले जनाएका छन्।
जसपासहित ४ घटकबीचको एकता सभा अहिले जारी छ ।
सहमतिः





कागजपत्र |
