राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

बैठकले समसामयिक परिस्थितिको विश्लेषण गर्दै पार्टीको रणनीति तय गर्नेछ ।

बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा तय, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रीत कार्यक्रम अघि बढाउने, चुनाव हुने अवस्था आएका चुनावी तयारी कसरी गर्नेलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया