नेप्से ९.६१ अंकले बढ्यो, ६ अर्ब ६९ करोडको सेयर कारोबार


काठमाडौं- साताको चौथो कारोबारको दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा रोकिएको छ ।

यसअघि मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ अंकमा रोकिएको थियो । आजको बजारमा सेन्सेटिभ इन्डेक्स १.६४ अंकले बढेको छ । फ्लोट इन्डेक्स ०.५४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४९ अंकले बढेको छ ।

मंगलबार ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको बजारमा यसदिन कूल ३ सय २२ स्टकको ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको छ । यो किनबेच ९१ हजार ७ सय ५ पटकको कारोबारमा भएको हो ।

आज ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । झापा इनर्जी लिमिटेड, सागर डिस्टिलरी स्वस्तिक लघुवित्त र श्रिनगर एग्रिटेक इन्डस्ट्रिको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

प्रतिक्रिया