विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्ने


काठमाडौं-  नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को बुधबारको खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । टीयू क्रिकेट मैदानमा टस जितेर विराटनगरले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

विराटनगरको सुरुआती ११ मा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम् रन्जने, जर्ज मुन्सी, साम ह्याजलेट र मर्जेन्ट डी ल्यान्ड रहेका छन् ।

यस्तै चितवन टिममा कुशल मल्ल (कप्तान), रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, अमरसिंह रौतेला, दीपक बोहरा, कमलसिंह ऐरी, डेविड मलान, रवि वोपारा, सेफ जैब र सोहेल तनवीर परेका छन् ।

विराटनगरसामु यो खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ र यससँगै प्ले–अफमा खेल्ने सम्भावनालाई बलियो बनाउन सक्नेछ । लगातार तीन खेल जितेको विराटनगरको छ अंक रहेको छ ।

 

प्रतिक्रिया