
यूएईले जेनजी आन्दोलनपछि रोक लगाएको भिजिट भिसा खोल्यो
काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलनपछि रोक लगाएको नेपाली श्रम तथा भिजिट भिसा खोल्ने निर्णय गरेको छ। भिसा खुला भए पनि अब यूएई जानको लागि प्रहरी रिपोर्ट अनिवार्य हुने व्यवस्था लागू गरिएको छ।
भदौ २४ गतेको जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको घटनालाई कारण देखाउँदै यूएईले भिसामा रोक लगाएको थियो। सुरक्षा जोखिमका कारण यूएईले श्रम तथा भिजिट भिसामा नेपाली नागरिकको यात्रा अस्थायी रोक लगाएको थियो।



कागजपत्र |
