एमालेको अध्यक्षमा उम्मेदवारी दिने ईश्वर पोखरेलको घोषणा


काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीको पुनर्गठन र रुपान्तरणको उद्देश्यसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी दिएका छन्।

विज्ञप्तिमा पोखरेलले भनेका छन्, “पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु। पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु।”

पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको हितको संरक्षण सर्वोपरि रहेको उनले उल्लेख गर्दै वर्तमान अवस्थामा यसैलाई प्राथमिकता दिएर अघि बढ्नु आवश्यक रहेको बताए।

प्रतिक्रिया