एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा प्लेकार्ड बोकेर प्रदर्शन


सुर्खेत- नेकपा एमाले नेता महेश बस्नेतविरुद्ध सुर्खेतमा जेनजी युवाहरूले नाराबाजी गरेका छन्। राष्ट्रिय युवा संघ नेपालले सुर्खेतमा आफ्नो युवा जागरण अभियान प्रारम्भ गर्न लागेको कार्यक्रममा बस्नेतविरुद्ध जेनजी युवाहरूले नाराबाजीसहित अवरोध गर्ने प्रयास गरेका हुन्।

बस्नेत लगायतका एमाले नेताहरू सुर्खेत आउन लागेको सूचना पाएपछि जेनजी समूहले कार्यक्रमको अवरोध गर्ने प्रयास गरेका थिए। जिल्ला समन्वय समिति सुर्खेतको हलमा युवा संघको कार्यक्रम जारी रहेको बेला बाहिर जेनजी युवाहरूले नाराबाजी गरिरहेका छन्।

एमाले नेता महेश बस्नेतविरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरू कार्यक्रम स्थल बाहिर प्रदर्शन गर्दैछन्। सम्भावित झडप वा मुडभेडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ।

 

प्रतिक्रिया