मागपत्रसहित सिंहदरबार पुगेका ‘जेनजी’लाई प्रवेशमा रोक


काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित मागपत्र बुझाउन सिंहदरबारतर्फ अघि बढेको मिराज ढुंगाना नेतृत्वको ‘जेनजी’ समूहलाई प्रहरीले प्रवेशद्वारमै रोक लगाएको छ। समूहका सदस्य आज सिंहदरबारभित्र प्रवेश गरी प्रधानमन्त्रीसमक्ष मागपत्र बुझाउने तयारीमा थिए।

सिंहदरबार प्रवेशद्वार नजिक पुगेपछि प्रहरीले जेनजी अभियन्तालाई अघि बढ्न नदिदै रोकेको थियो। सुरक्षा घेरा कडा गरिएका कारण मिराज ढुंगानासहितको टोलीलाई प्रहरीले धकेल्दै अनामनगरतिर पछाडि सारिएको हाे।

जेनजी समूहले पछिल्ला गतिविधिहरूमा युवासम्बन्धी मुद्दा, सुशासन, भ्रष्टाचारविरुद्ध कडा कदम र नीति सुधारका विभिन्न मागसहित आन्दोलन गरिरहेको छ। समूहले प्रधानमन्त्री कार्कीलाई प्रत्यक्ष रूपमा मागपत्र बुझाउने उद्देश्य राखेको भए पनि प्रवेश अनुमति नदिइएपछि उनीहरू आक्रोशित बनेका थिए।

प्रहरीले भने सुरक्षाका कारण समूहलाई रोकिएको र स्थिति नियन्त्रणमा रहेको जनाएको छ।

प्रतिक्रिया