प्रगतिशील लोकतान्त्रिक पार्टीको आज घोषणा गर्दै बाबुराम, जनार्दन र सन्तोष


काठमाडौं – आज प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा हुने भएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), तत्कालिन माओवादी केन्द्रका जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका प्रवक्ता सन्तोष परियार नेतृत्वको समूह लगायत समूहसँग एकता गरी प्रतिशिल लोकतान्त्रिक पार्टीको घोषणा हुने भएको हो ।

राजधानीको राष्ट्रिय सभागृहमा ११ बजे हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि ल्याउने प्रयास जारी भइरहेको जनाइएको छ ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच यसअघि नै एकता सहमति भइसकेको थियो ।

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया