

सिंगटीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् आईपीओको नतिजा

काठमाडौं – सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा शेयर आवेदन दिएका मध्ये २ लाख ६९ हजार ७ सय जनालाई १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्री गरेको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो।
बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो। आइपिओका लागि माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण भएको छ । त्यस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी साढे १२ लाखभन्दा बढी आवेदक भने खाली हात भएका छन् ।
सिंगटीका लागि १५ लाख २३ हजार ४५० जना आवेदकले आवेदन दिएका थिए ।
मेगा क्यापिटलका अनुसार नतिजा केहीबेरपछि क्यापिटलको वेभसाइट र आइपिओ रिजल्ट डट् सिडिएससी डट् कम डट् एनपीमार्फत हेर्न सकिनेछ।

