
चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले लुम्बिनी लायन्ससमक्ष १४३ रनको लक्ष्य राखेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले टीयु क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रनको योगफल बनायो।
चितवनका लागि रवि बोपारा उत्कृष्ट इनिङ खेले। उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६५ रनको योगदान दिए। कप्तान कुशल मल्लले २१, सैफ जाबे १५, दीपक बोहरा १०, देभ खनाल १४ र सोहेल तन्विरले ५ रन जोडे। डेविड मलान शून्यमै पाभेलियन फर्किए। अर्जुन साउद ८ रनमा अविजित रहे।
लुम्बिनी लायन्सका बलरमध्ये रुवेन ट्रम्पेल्मेन उत्कृष्ट रहे। उनले ३ विकेट लिए भने अभिषेक गौतम र गुलबदिन नैबले दुई–दुई विकेट हात पारे।



कागजपत्र |
