
म्यानमारमा फसेका ३७ नेपालीकाे थाइल्याण्डबाट उद्धार, काठमाडौं फर्किए
काठमाडाैं- थाइल्याण्डमा रहेका ३७ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। अनलाइन स्क्यामका नाममा म्यानमारमा फसेका ती नेपाली नागरिकलाई सरकारले समन्वय गरेर सुरक्षितरूपमा नेपाल ल्याएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो करेन्सी जस्ता अनलाइन ठगीसम्बन्धी गतिविधिमा काम गर्न बाध्य बनाइएको थियो।
अक्टोबर १९ मा म्यानमारका सुरक्षा निकायले सञ्चालन गरेको छापामा उनीहरू फेला परेका थिए। त्यसपछि थाइल्याण्ड प्रवेश गरेका ३७ जनालाई नेपाली राजदूतावासले विभिन्न निकायसँग समन्वय गर्दै मंसिर ३ गते नेपाल एयरलाइन्समार्फत काठमाडौं पठाएको हो।
यससँगै म्यानमारको म्यावडामा रहेका २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना र क्याम्बोडियामा रहेका ४ जना नेपालीलाई पनि फर्काउने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।



कागजपत्र |
