
रवि र छविको मुद्दामा सुनुवाइ स्थगित
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीले दायर गरेको निवेदनको सुनुवाइ स्थगित भएको छ। उनीहरुले बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राख्दै निवेदन दिएका थिए।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध कसुरमा रवि र छवि दुवै जना थुनामा छन्। आज रविको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले रविका कानून व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन दिएपछि सो रिटको सुनुवाइ स्थगित भएको हो।
रवि र छवि दुवै जनाको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ राखेर हेर्ने आदेश भएको थियो।



कागजपत्र |
