काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोज्यो


काठमाडाैं- नेपाल प्रिमियर लिग ( एनपीएल) मा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डूका कप्तान करण केसीले टस जितेर बलिङको निर्णय लिए ।

काठमाडौं लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा काठमाण्डूले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो । सुदूरपश्चिम पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

प्रतिक्रिया