दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग ओलीको माग


काठमाडौं-  नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

राजधानीमा बुधबार आयोजित स्थानीय जनप्रतिनिधि भेलामा सम्बोधन गर्दै ओलीले भने, “मानव अधिकार आयोगले समेत भनिसकेको छ, बोल्ने आधारमा कसैलाई थुन्न पाइँदैन। दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा रातारात पक्राउ गरिएकोमा आपत्ति छ।”

उनले अभिव्यक्ति दिने आधारमा कसैलाई पक्राउ गर्नु अनुचित भएको उल्लेख गर्दै भने, “बोलेको आधारमा आक्रोशित भएर गिरफ्तार गर्न हुँदैन। सरकारले राति स्वेच्छाले के गरेको ?”

 

प्रतिक्रिया