चितवनले पायो १६७ रनको लक्ष्य


काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा चितवन राइनोजले १६७ रनको लक्ष्य पाएको छ ।

कर्णाली याक्सविरुद्धको खेलमा चितवनले उक्त लक्ष्य पाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएपछि चितवनले उक्त लक्ष्य पाएको हो ।

कर्णालीका लागि प्रियांक पाञ्चलले ९० रनको पारी खेलेका थिए भने म्याक्स ओडोजले २० रन बनाउँदा मार्क वाटले १६ रन बनाएका थिए ।

त्यस्तै पवन सर्राफले २७ रन बनाउँदा नैजबुल्ला हजर्दान ४ रनमा नटआउट रहेका थिए ।

चितवनका लागि सोहित तनविर, सेज जैब र रवि बोपराले १÷१ विकेट लिएका थिए ।

 

प्रतिक्रिया