दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियाे रोजगारी


काठमाडौं- दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी प्रदान गरेको छ। मंसिर २ गते मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा उनलाई सुरक्षण मुद्रण कोषमा करार सेवाका लागि नियुक्त गरिएको हो।

कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुजनलाई कम्प्युटर अधिकृत पदमा नियुक्ति पत्र बुझाएका हुन्। सरकारले पत्रकार रजकको परिवारलाई सहयोगस्वरूप रोजगारी उपलब्ध गराएको बताइन्छ।

०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। त्यसयता उनका परिवारलाई राहत र सहायताबारे विभिन्न पक्षबाट माग उठ्दै आएको थियो।

प्रतिक्रिया