
नवलपरासीमा कार दुर्घटना हुँदा बुवाको मृत्यु, छाेरा घाइते
परासी – नवलपरासीमा भएको कार दुर्घटनामा ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको छ। दुर्घटना बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार अनियन्त्रित भई सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खस्दा भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार, दुर्घटनामा पौडेलका छोरा हरिशचन्द्र घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ र अहिले पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। कारमा बाबु–छोरा मात्र सवार थिए।



कागजपत्र |
