कस्तो रहला आज देशभरको मौसम?


काठमाडौँ – हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया